दमौलीकाे चिहानडाँडामा बोराभित्र भेटियो शव

तनहुँ | जेठ ३०, २०८०

दमौलीकाे चिहानडाँडामा बोराभित्र भेटियो शव PHOTO: MILAN TAMANG

दमौली:  तनहुँको दमौली बजार नजिक रहेको चिहानडाँडामा एक व्यक्तिको बोराभित्र शव फेला परेको छ ।

 

व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव आज फेला परेको हो ।

 

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

‘अहिले शवको पहिचान भइसकेको छैन । टोलीले घटनाको अनुसन्धान थालिसकेको छ,’  नायब उपरिक्षक खाँणले भने ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्